बेला बेलामा बिबादास्पद छबि देखाउदै आएका कुनै बेलाका हिरो र अहिलेका निर्माता तथा वितरक गोविन्द शाही पुन एक पटक बिबादमा तानिएका छन ।
प्राप्त जानकारी अनुसार मंगलबार गोविन्द शाहीले निर्माता तथा छायांकार रविन आचार्य माथि दरबारमार्गको एक होटलमा हातपात गर्न पुगे । आचार्यका अनुसार शाहीले वितरण गर्न लागेको फिल्म पंडित बाजेको लौरीसँग आफुले फिल्म जुधाउन ल्याएको र लो बजेटका फिल्म बनाएर उद्योग बिगारेको भन्दै हातपात गर्न आए तत्पश्चात आचार्यले आफूमाथि शाहीले अनाहकमा हातपात गरेको भन्दै दरबारमार्गको प्रहरी वृत्त र टेकु अपराध अनुसन्धान शाखामा उजुरी दिएका थिए।
आचार्यको उजुरी प्राप्त हुन साथ प्रहरीले शाहीलाई यथाशीघ्र वृत्तमा हाजिर हुन उर्दी जारी गर्दै केरकार सुरु गरेको थियो । केरकार पश्चात निर्माता तथा छायांकार रविन आचार्य माथि आफूले हातपात गरेको स्वीकार्दै गोविन्द शाहीले प्रहरीको रोहबारमा आचार्यसँग माफी मागेका छन्।
सुरुमा आफूले केही नगरेको दाबी गरेका शाही प्रहरीले आचार्यमाथि हातपात गरेकोे सिसिटिभी फुटेज देखाएपछि अत्मगिलानी महसूस गरेका थिए । शाहीले यसअघि पनि चलचित्र संघकै हातामा अर्का वितरक गोपाल कायस्थलाई हातपात गरेका थिए र पछी वितरक गोपाल कायस्थ संग माफी मागेर कुरा सल्टिएको थियो ।
यता ‘पीडित आचार्यको भनाइ अनुसार शाहीले सार्वजनिक रुपमा गल्ती स्वीकार्नु भयो । गल्ती भयो भनेपछि हामी सहमतिमा आयौं । आइन्दा यस्ता गतिविधीमा संलग्न नहुने वाचा गर्नु भएको छ,’ शाहीले आफूबाट गल्ती भएको स्वीकार गरे पछि कुरालाई खासै अगाडि बढाउन चहेनौ।