काठमाडौं | रेखा थापा स्टारर फिल्म ‘मालिका’को नयाँ गीत रिलिज भएको छ। सार्वजनिक ‘सरसर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत तथा शब्द रहेको छ भने आस्था राउतको स्वर सुन्न सकिन्छ। भिडियोमा फिल्मका मुख्य दुई कलाकार रेखा थापा र कमल वली फिचरिङ छन्।
कात्तिक २१ गतेबाट प्रदशर्नमा आउने फिल्मलाई नायिका रेखा आफैले निर्देशन गरेकी हुन्। नर बहादुर कार्कीको कथा रहेको फिल्ममा शिवम अधिकारीको पटकथा रहेको छ।
‘रेखा फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्ममा नर बहादुर काकर्कीको लागनी छ। सरस्वती थापा र तारा थापा पनि फिल्मका निर्माता हुन्। फिल्मको छायाँकन जाजरकोट सहित काठमाडौं, बनेपा, बाँकेलगायतका क्षेत्रमा गरिएको छ।
गीत :