काठमाडौं | नायिका पूजा शर्मा स्टारर फिल्म ‘रामकाहान’को गीत रिलिज भएको छ। बिहिबार युट्युबमार्फत फिल्ममा समावेश ‘आए म तिम्रो छेउ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो।
गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ। उक्त भिडियोमा भने पूजा शर्मा र आकाश श्रेष्ठको प्रेमलाई देखाइएको छ।
लभ स्टोरी फिल्म ‘रामकहानी’लाई सुदर्शन थापाले निर्देशन गरेका छन्। निर्देशक सुदर्शनकै कथा रहेको फिल्ममा सुदर्शन र नायिका पूजा शर्माको लगानी रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा महेश दवाडी र दिनेश न्यौपानेको पटकथा तथा संवाद रहेको छ।
फिल्ममा पूजा र आकाशसँगै केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेललगायतको मूख्य भूमिका रहेको छ। सौरभ लामाले खिचेको फिल्मलाई बनीष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
गीत :