काठमाडौं | अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को फस्टलुक पोष्टर रिलिज गरिएको छ। सार्वजनिक पोष्टरमा अनमोल केसी फुटबल खेलाडीका रूपमा प्रस्तुत भएका छन्। अनमोलले ११ नम्बर जर्सी लगाएका छन् भने उनको नाम इशान लेखिएको छ।
दिवाकर भट्टराई निर्देशित फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन्। खेलाडीको कथामा निर्माण भएको फिल्ममा अनमोलसँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ। उपसन सिंह ठकुरी र प्रियंका एमवी चेरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्।
सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। सुदिप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दिर्घ गुरुङको सम्पादन रहेको छ। फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन्।