काठमाडौं | ह्यान्डसम भिलेन प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको फिल्म ‘कस्मिक लभ’को पहिलो गित रिलिज भएको छ। दिनेश सुवेदीको शब्द समावेश ‘कोया कटर’ बोलको उक्त गीतमा बाबुल गिरीको संगीत तथा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गको स्वर सुन्न सकिन्छ।
रविन शाहको नृत्य निर्देशनमा तयार भएको भिडियोमा प्रशान्त ताम्राकार र दिया मास्के मज्जाले नाचेका छन्। भिडियोमा राजाराम पौडेल, रेजन थापा र पुजन थापालाई देखाइएको छ।
विएस बलामी र एसके अधिकारीको संयुक्त निर्देशनमा बनेको ‘कस्मिक लभ’लाई सुरज प्रधानले निर्माण गरेका हुन्। रहुल राईले खिचेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गरेका छन्।
हेर्नुहोस् गीत :