काठमाडौं | नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को ट्रेलर रिलिज भएको छ। मंगलबार युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हो।
रेनशा बान्तवा राई निर्देशित फिल्ममा साम्राज्ञी र धिरज मगरको मुख्य भूमिका रहेको छ। नृत्य निर्देशक रेनिशाको डेब्यु निर्देशन रहेको यस फिल्म धिरजको पनि डेब्यु फिल्म हो। फिल्ममा उनीहरुसँगै विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाईं लगायतका कलाकारहरूको अभिनय रहनेछ।
‘आई कोर फिल्मस्’को ब्यानरमा निर्माण भएको ‘इन्टु मिन्टु लन्डनमा’ प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको लगानी रहेको छ। फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउनेछ।
रोमान्टिक लभ स्टोरी फिल्ममा निर्माता प्रज्ज्वलशमशेर र निर्देशक रेनेशाको कथा रहेको छ भने सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ। फिल्मलाई शैलेन्द्र डि.कार्कीले खिचेका छन्।