काठमाडौं – नितिन चन्दले नयाँ फिल्म निर्देशन गर्ने भएका छन्। यसअघि ‘जोनी जेन्टलम्यान’को निर्देशन गरेका उनले दोस्रो फिल्मको नाम ‘गीत गजल’ जुराएका छन्। अघिल्लो फिल्ममा नायक पल शाह र आँचल शर्माको जोडी बनाएर काम गरेका उनले ‘गीत गजल’मा नयाँ कलाकारसँग काम गर्दैछन्।
नितिनले ‘गीत गजल’मा मुख्य कलाकारमा रुप पोखरेल र आरोही सिंहलाई डेव्यु गराउँदैछन्। विग बजेटमा निर्माण हुने फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गर्दैछन्। लभस्टोरी जनरामा निर्माण हुने फिल्मको लागी मुख्य दुई कलाकार फाइनल गरिए पनि अन्य कलाकार छनोटको चरणमा रहेको निमार्ता आरोहण क्षेत्रीले बताए।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेन छ। गीत गजलको भाद्रको अन्तिम साताबाट छायांकनमा जाने गरि अहिले धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको छ।