कांग्रेस सभापति शेरवहादुर देउवाले पद्धति, प्रकृति र परम्परालाई नमानेका कारण मन्त्रीपदको भागबण्डा विवाद कायमै रहेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आरोप लगाएको छ ।
‘सभापतिले पद्धति, प्रकृति र परम्परालाई कायम राख्दै सम्मानजनक सहभागिता गराउन नसकेका कारण विवाद भएको हो,’ पौडेल निकट केन्द्रीय सदस्य गुरुराज घिमिरेले पहिलो न्युजसँग भने, ‘अहिलेको विवाद निरर्थक छ । सभापतिले यथोचित सम्मानजनक सहभागिता गराउन पहल गर्नुपर्छ ।’
उनले विवाद मिलाउने दायित्व सभापतिको भएको भन्दै विवाद लम्ब्याएर जाँदा त्यसको सन्देश राम्रो नजाने दाबी गरे । ‘प्रतिस्पर्धीलाई मिलाउने दायित्व सभापतिको हो,’ उनले भने, ‘सभापति संकिर्ण हुनुहुँदैन, प्रतिस्पर्धी समूहले त माग्ने नै हो । यो विगतमा उहाँले नै देखाएको बाटो हो ।’ -पहिलो न्यूज