काठमाडौं | फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को नयाँ गीत रिलिज भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘जुरायो जुरायो’ बोलको गीत रिलिज गरिएको हो। लोक लयमा तयार भएको यस गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र शारुक ताम्राकार फिचरिङ छन्।
विक्रम लामा र एन्जिला खत्रीको नृत्य निर्देशनमा तयार भएको यस गीतको भिडियो उत्कृष्ट बनेको देखिन्छ। भिडियोमा सुनिशा बजगाईं को पनि नृत्य देख्न सकिन्छ। गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने राजेशपायल राई र मेलिना राईको स्वर सुन्न सकिन्छ।
रेनशा बान्तवा राई निर्देशित फिल्ममा धिरज मगर पनि मुख्य भूमिकामा प्रस्तुत छन्। नृत्य निर्देशक रेनिशाको डेब्यु निर्देशन रहेको यस फिल्म धिरजको पनि डेब्यु फिल्म हो।
रोमान्टिक लभ स्टोरी फिल्ममा प्रज्ज्वलशमशेर जबरा र निर्देशक रेनेशाको कथा रहेको छ भने सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ। ‘आई कोर फिल्मस्’को ब्यानरमा निर्माण भएको ‘इन्टु मिन्टु लन्डनमा’ प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको लगानी रहेको छ। फिल्मलाई शैलेन्द्र डि.कार्कीले खिचेका छन्।
फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउदैछ।
गीत :