काठमाडौं । असोज ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बाँध मायाले’को नयाँ गीत रिलीज भएको छ। युट्युबमार्फत फिल्ममा समावेश ‘आउने जाने’ बोलको गीत सार्वजनिक गरिएको हो।
अर्जुन पोखरेलको संगीत समावेश उक्त गीतमा लोकराज अधिकारी शब्द तथा संगीतकार पोखरेल, दुर्गा खरेल र सुरेश लामाको स्वर सुन्न सकिन्छ। डान्सिङ नम्बर गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आर्यन अधिकारी र श्रीष्टि श्रेष्ठको नृत्य देख्न सकिन्छ। भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।
सविर श्रेष्ठ निर्देशित फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ भने यसै फिल्मबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन्। रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन्।
गीत :