काठमाडौं | नायिका संचिता लुइटेल स्टारर फिल्म ‘गुनगुन’को अफिसियल टीजर रिलिज भएको छ। सार्वजनिक टीजरमा प्रेम तथा द्वन्द्वलाई प्रस्तुत गरिएको छ।
कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई पुकार भट्टराईले निर्देशन गरेका हुन्। ‘प्राथना फिल्मस्’को प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।
फिल्ममा संचितासँगै अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाललगायतको अभिनय रहेको छ।
टीजर :