काठमाडौं |असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाँध मायाले’को क्विज प्रतियोगितामा सहभागी मध्येका उत्कृष्ट ६ जनाले पुरस्कार प्राप्त गरेका छन्। फेसबुकमा पेजमा सोधिएका प्रश्नहरुको सही जवाफ दिनेहरु मध्येबाट आइतबार ६ जनालाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरिएको निर्माता तथा निर्देशक सविर श्रेष्ठले बताए।
‘बाँध मायाले’ एन्सर एण्ड विन कन्टेस्टका विजेताहरुमा अशेष न्यौपाने, उत्तम न्यौपाने, नारायण श्रेष्ठ, आरवी एम एक्स स्टुडेन्ट, अनिता पोखरेल र एकरा भट्टराई रहेका छन्। यो प्रतियोगितामा उल्लेख्य मात्रमा दर्शकको सहभागीता रहेको सविर बताउँछन्। यो सँगै अब फिल्मको ‘आउने जाने’ गीतको कभर डान्स प्रतियोगितालाई अगाडी बनाउने निर्देशक श्रेष्ठले बताए। यस गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई नगद एक लाख पुरस्कार राशीको घोषणा गरिएको छ।
सविर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म बाँध मायाले मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन्। फिल्ममा आर्यन र सृष्टिसँगै फिल्ममा नव किशोर खड्का, कलाकार राजाराम पौडेल, विशाल चाम्लिङ, रविन्द्र प्रताप सेन लगायतको अभिनय रहेको छ। फिल्ममा अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ। रामहरी धिताल र विभिषिक श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदार धिताल हुन्।
गीत :