काठमाडौं | प्रदीप खड्का स्टारर फिल्म ‘रोज’ को नयाँ गीत सार्वजनिक भएको छ। रिलिजको दोस्रो हप्ता प्रवेश गर्नै लग्दा बिहिबार फिल्म निर्माण युनिटले फिल्ममा समावेश ‘तिम्रो पछि-पछि’ बोलको गीत रिलिज गरेको हो। अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा दयाराम पण्डेको शब्द तथा निशान भट्टराईको स्वर सुन्न सकिन्छ।
गोविन्द राईको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार प्रदीप खड्का र परमिता आरएल राणा फिचरिङ छन्। जहाँ प्रदीप परमिताको पछि परेका छन्। प्रदीप र परमिताको केमेन्ट्रि मिलेको देखिन्छ।
निरक पौडेल निर्देशित फिल्म रोजमा प्रदीप र परमितासँगै मिरुना मगर, कर्मा शाक्यको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा एक प्रेमीले आफ्नो प्रेमिकालाई किन हत्य गर्छ भन्ने देखाउन खोजिएको छ। गोपिकृष्ण मुभिजको व्यानरमा निर्माण भएको यस फिल्मले आशातित व्यापार भने गरिरहेक छैन्।
गीत :