काठमाडौं | फिल्म ‘पेशा’ निर्माण हुने भएको छ। बुधवार दिउँसो काटेश्वरको महादेवस्थान मन्दिरमा फिल्मको शुभ मूहर्त गरिएको छ। ‘फायर इन्टरप्राइजेज प्रा.लि.’को ब्यानरमा निर्माण हुने यस फिल्ममा प्रस्तुतकर्ता रोजन रखाल हुन्।
विश्वदिप घिमिरेको निर्देशनमा बन्ने यस फिल्मले समसामयिक राजनीतिक र चेलिबेटी बेचबिखनको कथा बोल्नेछ। फिल्मको कथा टिकाराम रखालले लेखेका छन्।
जी.एस.आलेको लगानी रहने फिल्ममा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाईली लगायतको अभिनय रहनेछ।
फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, टंक बुढाथोकी र जी.एस.आलेको संगीत रहनेछ।