काठमाडौं | फिल्म ‘चङ्गा चेट’को दोस्रो गीत रिलिज भएको छ। सोमबार यूट्युबमार्फत फिल्ममा समावेश ‘ढल्की ढल्की’ बोलको गीत रिलिज गरिएको हो। भिडयोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको नृत्य देख्न सकिन्छ।
अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा हरिहर तिमल्सिनाको शब्द तथा मिस्टर आरजेको संगीत सुन्न सकिन्छ। प्रविन सिंहको नृत्य निर्देशनमा तयार भएको उक्त भिडियोमा प्रियंका र आयुष्मानसँगै सन्दिप क्षेत्री, रबिन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा पनि फिचरिङ छन्।
कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेको फिल्मम प्रदीप भारद्वाजको पटकथा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको पनि संगीत समावेश छ। निरक कडेँलले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।
भिडियो :