काठमाडौं | असोज १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘छिरिङ्ग’को नयाँ गीत सार्वजनिक भएको छ। अरुणा लामा र रुद्र गुरुङको चर्चित गीत ‘ए कान्छा’को पहिलो हरफलाई रि-रेकर्डिङ गरी यस फिल्ममा समावेश गरिएको छ।
पासाङ ब्याङ्गबल र यश कुमारले लेखेको उक्त गीतमा अम्बर गुरुङ र यश कुमारको संगीत रहेको छ। गीतमा यश कुमार र सुनिता थिगिमको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा यश कुमार र नव नायिका कामना भुजेल फिचरिङ छन्।
यश कुमारको डेब्यु निर्देशन रहेको यस फिलममा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको लगानी रहेको छ। यश कुमार र याम थापाको पटकथा समावेश फिल्मले बहुपतिप्रथाको विषयलाई उठान गरेको छ। दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व नै फिल्मको मुख्य कथाबस्तु हो।
मानकृष्ण महर्जनले खिचेको फिल्म ‘छिरिङ्ग’मा चन्द्र पन्तको द्वन्द्व तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ।
गीत :