गीतले बहकाउन सक्छ तपाईलाई !
सिनेखबर डटकम, साउन २८ गतेबाट देशव्यापी रिलिज हुन लागेको चलचित्र ‘जय परशुराम’को नयाँ गीत रिलिज भएको छ । ५ बर्षछि नेपाली चलचित्रमा कमब्याक गरेका विराज भट्ट अभिनित चलचित्र ‘जय परशुराम’को ‘म त हुन्छु जस्तो लाग्थेन’ बोलको गीतमा विराज भट्ट र निशा अधिकारीको लोभलाग्दो केमेष्ट्रि छल्केको छ । । गीतमा रामजी लामिछाने गरेको कोरियोग्राफी उत्कृष्ट देख्न सकिन्छ ।
राजमी लामिछानेले पहिलो पटक निकै मेहेनत गरेर कोरियोग्राफी गरेको गीतबाट स्पष्ट देखिएको छ । फरक शैलीबाट कोरियोग्राफी गरेका रामजीलाई यो गीतले थप उचाईमा ल्याउन पक्का छ । दिपक लिम्बु र अन्जु पन्तको आवाज रहेको गीतमा महेश खड्काको संगीत रहेको छ । ५ बर्षपछि रोज राणाले निर्माण गरेको यो चलचित्रलाई रोज आफैंले निर्देशन गरेका हुन् ।
एक्शन प्रधान यो चलचित्रको ट्रेलरले केही दिन अगाडी नै सार्वजनिक गरिएको थियो । मौनता श्रेष्ठको लेखन रहेको यो चलचित्रमा एनवी महर्जनको द्धन्द्ध रहेको छ ।