काठमाडौं | सफल निर्देशकको छवि बनाएका निर्देशक हेमराज विसीको निर्देशनमा बन्ने नयाँ फिल्मका लागि नायक प्रदीप खड्का फाइनल भएका छन्। हाल ‘लभ स्टेशन’को छायाँकनमा व्यस्त उनले हेमराजको फिल्मका लागि लिखित सम्झौता गरिसकेका छन्।
प्रदीपले ‘भैरवी’मा काम नगर्ने भएसँगै हेमराजको फिल्ममा अनुबन्धित भएको समचार बाहिर आएको छ। प्रदीपले ‘प्रेम गीत ३’मा काम गर्ने कि नगर्ने निश्चित भएको छैन्।
हेमराजको निर्देशनमा बन्ने लभ स्टोरी फिल्मको नाम भने खुलाइएको छैन्। वैशाखबाट छायाँकनमा जाने तयारीमा रहेको यस फिल्मका लागि नायिका भने तय भइसकेको छैन्। फिल्मका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा भइरहेको छ।
साम्राज्ञी पनि यस फिल्मलाई लिएर सकरात्मक छिन्। मौखिक सम्झौता भए पनि साम्राज्ञीसँग लिखित सम्झौता भने बाकीँ रहेको निर्देशक हेमराजले बताए।