काठमाडौं | ‘इन्टु मिन्टु लण्डनमा’ टिमले नयाँ फिल्म निर्माण गर्ने भएको छ। बुधबार साँझ इन्टु मिन्टु लण्डनमाको सफलता सेलिब्रेसन गर्न आयोजना गरिएको एक कार्यक्रममा नयाँ फिल्म घोषणा गरिएको हो।
‘आइकोर फिल्मस्’को व्यानरमा बन्ने नयाँ फिल्मको नाम ‘आई एम ट्वान्टी वान’ राखिएको छ। अर्को वर्षको प्रदर्शन लक्ष्य राख्दै निर्माण युनिटले फिल्मको घोषणा गरेको हो।
‘आई एम ट्वान्टी वान’मा को कलाकार रहने भने बताइएको छैन। निर्देशक रेनशा बान्तवा राईले अर्को एक कार्यक्रम गरी फिल्मका कलाकारहरुको बारेमा जानकारी गराउने बताइन्।
‘इन्टु मिन्टु लण्डनमा’का नायक धिरज मगरसँग ‘आइकोर फिल्मस्’ले दुई फिल्मको लागि सम्झौता गरिसकेको छ। त्यसअर्थमा यस फिल्मको मुख्य भूमिकामा धिरज रहने सम्भावना बढि देखिन्छ। तर, इन्टु मिन्टुकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सक्सेस पार्टीमा उपस्थित थिइनन्। निर्देशक र नायिका विच केहि समय देखि आन्तरिक द्वन्द्व देखिन्छ। त्यसैले पनि नयाँ फिल्ममा साम्राज्ञी रहने सक्भावना निकै कम देखिन्छ।