काठमाडौं | फिल्म ‘दैलो’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। पारिवारिक कथालाई प्रस्तुत गर्ने फिल्मको ट्रेलरमा छोरा र छोरीले आफ्नो परिवारलाई गर्ने प्रेमलाई देखाइएको छ।
कात्तिक ३० गतेबाट प्रदर्शन आउने फिल्मलाई सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेका हुन्। फिल्ममा यशोदा उप्रेती र अर्जुन उप्रेतीको पनि लगानी रहेको छ। निर्देशक उप्रेतीकै बथा समावेश फिल्ममा लक्षुप्रकाश मल्ल र निलम उप्रेतीको संगीत संयोजन रहेको छ।
फिल्ममा सुरेशसँगै दुर्गा साउत, विकाश चौलागाइँ, दीपक डोटेल, मुना प्रसाइँ, दिक्षा आचार्य, सुयोग उप्रेती, अनु ढुङ्गाना लगायतको मुख्य भूमिका रहेको छ। विमलकुमार भट्टराईले खिचेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन्।
ट्रेलर :