काठमाडौं | कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चङ्गा चेट’को पोष्टर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका कलाकारहरु चङ्गा बनेर उडिरहेको देखाइएको छ। जहाँ फिल्मका मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, रवीन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा चङ्गा बनेका छन्।
दीपेन्द्र के. खनाल निर्देशित फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेको हुन्। निरक कडेँलले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।
डार्क कमेडी फिल्ममा प्रदीप भारद्वाजको पटकथा, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र मिस्टर आरजेको संगीत समावेश छ।