बलीउडको हिट चलचित्र ‘हेट स्टोरी ३’ मा आफ्नो बोल्ड सीनबाट सबैलाई चकित बनाइदिएकी जरीन खानले हालै भनेकी छिन्, यदी कोही सुपरस्टार बोल्ड सीन्स गर्छन त उनको निकै तारिफ हुन्छ । तर त्यही सीन कोही सानोस्टारले गरे उसको नकारात्मक टिप्पणी गर्न सुरु गरिन्छ ।
बलीउडमा यस्ता कयौ अभिनेत्रीहरु छन्, जसले आफ्नो करियर बनाउनका लागि आफुलाई राम्रै एक्सपोज गरे । तर आफ्नो बोल्ड र ग्ल्यामरस लुकको बावजूद पनि बलीउडमा आफुलाई स्टेबलिश गर्न सकेनन् ।
हेर्नुस् यि अभिनेत्रीहरु जो बोल्ड इन्ट्रीको बावजूद पनि फ्ल्प भए :-
तनुश्री दत्ता
२००५ मा ‘आशिक बनाया आपने’ बाट तनुश्री दत्ताले बलीउडमा इन्ट्री लिइन । पहिलो फिल्ममा नै एक्टर इमरान हाशमीसँग बोल्ड सीन दिएपछि उनी बलीउडमा असफल रहिन् ।
मेघना नायडू
बलीउड एक्ट्रेस मेघना नायडूले आफ्नो करियरको सुरुवात १८ बर्षको उमेरबाट गरिन् । उनले १९९९ मा तेलुगु फिल्म ‘प्रेम साक्षी’ मा काम गर्ने मौका पाइन । उनले फिल्म ‘हवस’ बाट बलीउडमा डेव्यू गरेकी हुन् ।
मल्लिका शेरावत
बलीउड अभिनेत्री मल्लिका शेरावतले पहिलो फिल्म ‘ख्वाहिश’मा करिब १७ किसिंग सीन दिएर सनसनी मचाइन । त्यसपछि उनले हिट फिल्म ‘मर्डर’मा पनि निकै कामुक बोल्ड लुक देखिएकी थिइन । त्यसपछि उनको बलीउडमा खासै सुखद यात्रा भने रहेन् ।
नेहा धूपिया
मोडलिंगबाट फिल्ममा भित्रिएकी नेहा धूपियाको खातामा कयौ सफल फिल्महरु छन् तर पनि उनको करियर भने सफल रहेन् । ‘जूली’मा निकै हट सीन दिएपछि उनी बलीउडमा खासै सफल भइनन् ।
उदिता गोस्वामी
उदिता गोस्वामीले २००३ मा पूजा भट्टको डायरेक्शनमा बनेको फिल्म ‘पाप’बाट फिल्मी यात्रा सुरु गरेकी थिइन । त्यसपछि ‘जहर’ र ‘अक्सर’ जस्ता फिल्ममा इमरान हाशमीसँग के उदिता बोल्ड अन्दाजमा देखिइन । त्यसपछि उनको बलीउड यात्रा समाप्त भएको बताइन्छ ।