काठमाडौं | ‘लुट’ निर्माता माधव वाग्लेको निर्माण तथा ‘पशुपति प्रसाद’ निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म चङ्गा चेट आगमी शुक्रबार अर्थात कात्तिक १६ गतेबाट प्रदर्शनमा आउँदैछ।
रिलिज मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई तिव्र पारिरहेको फिल्मले हालै मात्र तीन पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका प्राय: कलाकार फिचरिङ छन्। कमेडी शैलीमा तयार परिएको पोस्टरमा चार पात्रलाई अपराधी देखाइएको छ।
गीत र ट्रेलर निकै चर्चामा रहदा फिल्ममालाई लिएर धेरै आशावादि छन्। कमेडी जनरमा निर्माण भएको यस फिल्ममा शर्मिला पाण्डेको पनि लगानी रहेको छ। दर्शकमाझ प्रतिक्षित बनिरहेको यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय रहेको छ।