काठमाडौं | फिल्म ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ बोलको गीतले यूट्युबमा १ करोड ५० लाख भन्दा बढी भ्युज पाएको छ। गीतले युट्युबमा पाएको सफलता सेलिब्रेसन गर्न मंगलबार एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उक्त गीतका संगीतकारलाई सम्मान पनि गरिएको छ।
निर्माण यूनिटले सफलताको केक काट्दै संगीतकार राजनराज सिवाकोटीलाई नगद पुरस्कार सहित सम्मान गरेको हो। निर्माता शर्मिला पाण्डे र माधव वाग्लेले सम्मान स्वरूप संगीतकार राजनराज सिवाकोटीलाई ५० हजारको चेक हस्तान्तरण गरे।
कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा प्रियका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, सन्दीप क्षेत्री, परमिता आरएल राणालगायतको मुख्य भूमिका रहेको छ। डार्क कमेडी फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्।
गीत: