काठमाडौं | पुस २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘दि ब्रेकअप’को पहिलो गीत रिलिज भएको छ। मंगलबार युट्युव मार्फत फिल्ममा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सार्वजनिक गरिएको हो। निर्माण युनिटले यस गीतलाई तहारको उपहार मानेको छ।
‘आज हाम्रो भेट भाको दिन’ गीत दशक पहिले प्रदर्शनमा आएको फिल्म ‘ज्वाला’मा समावेश थियो। यसै गीतलाई रिमेक गरी दि ब्रेकअपमा यस गीतलाई समावेश गरिएको छ। ‘ज्वाला’ फिल्ममा समावेश हुँदा उक्त गीतमा बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीतमा स्वर आशा भोस्ले र उदितनारायण झाले दएका थिए। ‘न्यू भर्सन’मा आउँदा यो गीतमा स्वर बिराज गौतम र मेलिना राईको छ, एरेञ्ज ब्रिजेश श्रेष्ठले गरेका छन्।
‘ज्वाला’मा कम्मर मर्काएका अभिनेता सरोज खनाल संयोगवस यो पटक पनि आफ्नै स्टेपमा देखिएका छन्। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा ‘दि ब्रेकअप’का मुख्य कलाकारहरु खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर छन्। भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले कुनै कसुर बाँकी राखेको छैन।
हेमराज विसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायाँकन गरेका छन्। यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन्। नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीको नै हो।
गीत :