काठमाडौं | फिल्म ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहिबार गीतलाई फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो।
भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ। त्यहीँ शैलीमा यस गीत रिलिज गरिएको हो।
निर्माण युनिटले काठमाडौको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट फ्ल्यास मोब शैलीमा गीत रिलिज गरेको हो। काठमाडौं मलमा भने फिल्मी नायिका स्वस्तिमा खड्काले पनि आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन्।
सार्वजनिक ‘खुद्रा खाद्री माया’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर सुन्न सकिन्छ। गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा स्वस्तिमा खड्का र मुकुन भुसालको फिचरिङ छन्।
विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा नायिका स्वस्तिमा खड्का टेम्पो चालकको भूमिकामा देखिदैँछिन्। निर्देशक पौडेलकै कथा समावेश फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दिपक क्षत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराईको पनि अभिनय रहेको छ।
हेर्नुहोस् गीत :