काठमाडौं | पुस २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चौका दाउ’को दोस्रो गीत रिलिज भएको छ। बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘मेरो माया कतारमा’ बोलको गीतको भिडियोमा सोनिका केसीको बोल्ड नृत्य रहेको छ। वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको भिडियोमा भिडियोमा नायिका वर्षा राउत, सन्तोष पन्त, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा र अजस्र ढुंगानलाई पनि देख्न सकिन्छ।
सार्वजनिक उक्त गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ। श्रीपुरुष ढकालको शब्द रहेको गीतमा संगीतकार बास्कोटा र सुमन गुरुङले स्वर दिएका छन्।
फिल्मलाई पूणेन्दु झाले निर्देशन गरेका हुन्। शम्भुजित बाँस्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। फिल्मलाई दीर्घ गुरुङले खिचेका छन्।
गीत: