काठमाडौं | दिपावलीको बेला गुन्जिरहने ‘दीयो बाली साँझको…’ गीतको गायिका आशा भोसले हुन। भारतीय लोकप्रिय गायिका आशा भोसलेको २८ वर्षअघि गाएको यो गीत नेपाली गायिका जमुना शर्माले रिमेक गरेकी छन्।
२०४७ सालमा रिलिज भएको नेपाली फिल्म चिनोमा सवेश गरिएको यस गीतको शब्द रचना तुलसी घिमिरेले गरेका हुन् भने ‘ओरिजिनल’ संगीत रञ्जित गजमेरले गरेका हुन। भारतको मुम्बईमा बस्दै आएकी गायिका शर्माले संगीतकार रन्जित गजमेरको अनुमतीमा यो गीत फेरि गाएकी हुन्।
रिमेक गीतको भिडियो छायांकन मुम्बई र नेपालमा गरिएको थियो। भिडियोमा दिपावली गरिएको दृश्यमा पनौतीको उग्रचण्डी बोर्डिङ स्कुलमा छात्राले अभिनय गरेका छन्। यस्तै गायिका शर्माले गीत गाउँदै गरेको दृश्य भने मुम्बईको कैलाशा स्टुडियोमा कैद गरिएको हो।
दिपावलीलाई लक्षित गरी सार्वजनिक गरिएको नयाँ भर्सनको गीतको संगीत भने प्रमोद तिमिल्सिनाले गरेका हुन्। बाराको पथलैयाका जमुना र उनका श्रीमान समेत रहेका प्रमोद एक दशकदेखि मुम्बईको सांगितिक क्षेत्रमा काम गर्दै आएका छन्।
हेर्नुहोस् गीत :