काठमाडौं | मंसिर २१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद’को ट्रेलर रिलिज भएको छ। शुक्रवार नेपाल आइडलमार्फत् फिल्मको ट्रेलर रिलिज गरिएको हो।
सार्वजनिक ट्रेलरमा सन्तान नहुँदा परिवारमा आउने खटपटलाई देखाइएको छ। विपिन कार्की र नम्रता श्रेष्ठको बैवाहिक जीवनमा निश्चल बस्नेत भिलेन बनेका छन्।
दिनेश राउतले निर्देशित फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेको हुन्। फिल्ममा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइने छ।
विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेको फिल्ममा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। फिल्मलाई राजेश श्रेष्ठले खिचेका छन्।
हेर्नुहोस् ट्रेलर :