काठमाडौं | ‘मह संचार’को व्यानरमा निर्माण हुन लागेको फिल्म ‘दाल भात तरकारी’मा नायिकामा फेरबदल भएको छ। छायांकनको तयारीमा रहेको फिल्ममा स्वस्तिमा खड्का आउट र आंचल शर्मा इन भएकी छिन्।
फिल्म घोषणा गर्दा मुख्य भूमिकामा नायिका स्वस्तिमा खड्का रहने तय भएको थियो। तर, स्वस्तिमाले आफ्नो समय नमिलेको भन्दै उक्त फिल्म छोडेकी थिइन्। स्वस्तिमा आउट भएसँगै फिल्ममा आंचल शर्माको आगमन भएको छ।
किरण केसीले निर्माण गर्न लागेको फिल्मलाई सुदन केसीले निर्देशन गर्दैछन्। ‘दाल भात तरकारी’मा हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, पुष्प खड्का, विल्सन विक्रम राईको पनि अभिनय रहने छ। मंसिर १ गतेबाट छायांकनमा जाने यस फिल्मले बैशाख १३ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।