काठमाडौं | वसन्त निरौला निर्देशित फिल्म ‘मेला’मा समावेश ‘परिचय पाउँ’ बोलको गीतले युट्युबमा एक करोड भ्युज पाएको छ। लोक लयमा तयार परिएको यस गीत र गीतको भिडियोलाई धेरै दर्शक स्रोताले मन पराएका छन्।
पछिल्लो समय लोक लयमा तयार पारिएको गीतहरु एकदमै सफल भइरहेका छन्। यो गीतले पनि एक करोड भ्युज पार गर्दै आफुलाई दर्बिलो साबित गरेको छ।
यस गीतको भिडियोमा नायिका पवित्रा आचार्य र गजित विष्ट फिचर छन्। सलोन बस्नेत र अशिष्मा नकर्मीलाई पनि भिडियोमा देख्न सकिन्छ। भिडियोमा नायिका पवित्रा आचार्यकै नृत्य निर्देशन रहेको छ। उनले पहिलो पटक कोरियोग्राफीमा हात हालेकी थिइन्।
अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ।
गीत हेर्नुहोस् :-