काठमाडौं | प्रदर्शनमा आएको पाचौं हप्तामा प्रवेश गर्दै गर्दा फिल्म ‘चङ्गा चेट’ले ३ करोड आसपासको व्यापार गर्न सफल भएको छ। निर्माता माधव वाग्लेका अनुसार फिल्मले ३ करोडको हाराहारीमा व्यापार गर्न सफल भएको हो। उनले फिल्मको एकिन व्यापार चाहिँ बाहिर ल्याउन चाहेनन्।
प्रदर्शनको सुरुवातीमा राम्रो इनिसियल व्यापार गर्न सफल भएन। प्रदर्शनको पहिलो साता ‘छक्का पञ्जा ३’ र ‘जय भोले’को मारमा पनि यस फिल्म पर्यो। तर फिल्मले राम्रो माउथ पब्लिसिटीका कारण व्यापार बढाउन सफल भयो।
घरेलु बजारबाट नै लगानी सुरक्षित गर्न लागेको यस अमेरिका, यूरोप, हङकङ, जापान, कोरिया लगायतका देशमा विक्री भइसकेको छ।
दिपेन्द्र के खनाल निर्देशित यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय रहेको छ। फिल्ममा शर्मिला पाण्डेको पनि लगानी रहेको छ।