काठमाडौं : चैत्र १ गते रिलिज हुने फिल्म ’जानी नजानी’ को फास्टक लुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा फिल्मका लिड कलाकारहरु मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन्।
पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा यसै फिल्म मार्फत फिल्मनगरीमा डेब्यु गर्दैछिन। फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ।
आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन।
फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन्। फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो।
फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन्। रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ।