काठमाडौं | फिल्म ‘रणवीर’को टिजर सार्वजनिक भएको छ। आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको एक्सनप्रधान टिजरमा फिल्मका मुख्य कलाकार सुशिल सिटौला र प्रशान्त ताम्राकारलाई रिसाहा अवतारमा देखाइएको छ।
माघ १८ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका छन्। फिल्ममा दिपेन्द्र रेग्मी र गोमा विष्टको संयुक्त लगानी रहेको छ।
फिल्ममा प्रशान्त र सुशीलसँगै सुपुष्पा भट्ट, शुभेच्छा खड्का, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ।
हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको यस फिल्ममा गम्भीर विष्ट र सुरेन बसेलले कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, महेश पौडेलको छायांकन रहेको छ।
टिजर: