काठमाडौं | ‘आरोहण प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्म ‘गीत गजल’को छायांकन सकिएको छ। दुई गीतको छायांकन बाकीँ राख्दै ३५ दिनमा छायांकन सकाइएको हो।
नितिन चन्द निर्देशित ‘गीत गजल’लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन्। यसै फिल्मबाट रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन्। फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको पनि अभिनय रहेको छ।
फिल्म निर्माण आफ्नो टिमले कुनैपनि कमी कमजोरी नछोडेको भन्दै फिल्म उत्कृष्ट बनेको निर्माता आरोहण क्षेत्रीले बताए। आफ्नो सिनेमामा नयाँ कलाकार भएपनि उनीहरुले उत्कृष्ट काम गरेको उनको भनाई छ।
अस्मिता पोखरेलको कथा, पटकथा तथा संवाद समावेश फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ।