काठमाडौं | हेमन्त रानाको स्वर रहेको गीत ‘साइँली’को नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइँली’को पहिलो गीत सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो।
सनर्वजनिक ‘नाच माया’ बोलको गीतमा फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंह फिचरिङ छन्। विक्रम स्वाँरको करियोग्राफी रहेको भिडियोमा चार कलाकार मज्जैले नाचेका छन्।
नाच माया गीतमा सुशन्त गौतमको संगीत रहेको छ भने हर्क साउदले शब्द दिएका छन्। गीतमा हेमन्त रानाको स्वर सुन्न सकिन्छ।
चैत १५ गतेलाई प्रदर्शनमा आउने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। निर्देशक गुरुङको कथा समावेश फिल्ममा गौरव, मेनुका, दयाहाङ, र केनिपासँगै माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतको मुख्य भुमिका रहेको छ।
‘जिएच इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको फिल्ममा हेमन्त राना र गौरव पहारीको लगानी रहेको छ। विशाल गुरुङ र मोहन थापा निर्माताका रुपमा रहेको यस फिल्ममा विजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माता र मणिराम पोखरेल कार्यकारी निर्माताका रुपमा रहेका छन्। कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।
हेर्नुहोस् गीत :