काठमाडौं | युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा हरिहरसँगै डेब्यु नायिका कृष्टिन पौडेल फिचर छिन्। पोस्टरमा उनीहरुको जोडीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
चैत १५ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हरिहर र कृष्टिन पौडेलसँगै डा. सूर्य थापा, राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदीप बास्तोला लगायतको मुख्य भूमिका रहेको छ। ‘बुद्ध इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण हुने फिल्ममा प्रदीप कुमार उदय प्रस्तुतकर्ता रहेका छन्। फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ।
सन्तोष बाबु लोहनीको निर्देशन रहेको यस फिल्ममा ज्योतिषी हरिहरकै कथा रहेको छ। फिल्ममा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, रोशन भट्टराईको द्वन्द्व रहेको छ। अभिमन्यु निरवीको पटकथा रहेको फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन्।