काठमाडौं | बिहिबार दिउँसो सार्वजनिक फिल्म ‘क्याप्टेन’को गीत ‘रहर छ सँगै’ नेपाल युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ। गीत रिलिज भएको ८ घण्टामा नै ट्रेन्डिङको नम्बर एकमा पर्न सफल भएको थियो।
अनमोल केसी र नायिका उपसना सिंह ठकुरी फिचरिङ उक्त गीतको भिडियोले यस समचार तयार पर्दा सम्म युट्युबमा ४ लाख १७ हजार बढि भ्युज पाएको छ। भिडियोमा चार हजारको हाराहारीमा कमेन्टहरु आएका छन्।
ट्रेन्डिङको शिर्ष स्थानमा रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत तथा दिग्गज धौरालीको शब्द सुन्न सकिन्छ। गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन्। भिडियोमा कविराज गहतराजको करियोग्राफी रहेको छ।
फागुन १७ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा अनमोल र उपसनासँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत, राजाम पोखरेल, प्रियंका एमबी चेरी लगायतको मुख्य भूमिका रहेको छ। भुवन केसीले निर्माण गरेको यस फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्।
गीत :