काठमाडौं | चैत्र ८ गतेलाई आफ्नो प्रदर्शन मिती तय गर्दै फिल्म ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ।
‘इपी एजुकेशन अष्ट्रेलिया’को प्रस्तुती रहेको फिल्मलाई वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरले निर्माण गरेको हो। अपिल बिष्टको लेखन तथा निर्देशन रहेको फिल्मले सामाजिक विषयलाई उठान गरेको छ।
खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन्। फिल्ममा वसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ।