काठमाडौं | प्रियंका कार्की र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म ‘अनागत’को टिजर सार्वजनिक भएको छ।
माघ ११ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै फिल्मको टिजर युट्युबमार्फत् सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा प्रियंका र अर्पणको इन्टिमेट सिन पनि समेटिएको छ। फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको पनि मुख्य भूमिका रहेको छ।
सस्पेन्स थ्रिल जनरमा निर्माण भएको यस फिल्मलाई सम्तेन भुटियाले निर्देशन गरेका छन्। चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र निर्देशक भुटियाले लेखेका हुन्। ‘माउन्टेन रिभर फिल्मस्’ र ‘टाइनी बट बिग पिक्चर्स’को ब्यानरमा फिल्म निर्माण भएको यस फिल्ममा निर्देशक भुटियासँगै समीर उपाध्याय, चन्द्र कुमार झा, निलु डोमा शेर्पाको पनि लगानी रहेको छ। फिल्मलाई सिसन बानियाँले खिचेका हुन्।
हेर्नुहोस् टिजर :