काठमाडौं | फिल्म ‘लिलीबिली’ जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। यस फिल्मले चैत १ लाई आफ्नो प्रदर्शन मिति तोकेको छ। बुधबार फिल्मका निर्माता तथा वितरक गोविन्द शाहीले फिल्मको रिलिज मिति तय गरेका हुन्।
हाल सम्पादनको अन्तिम चरणमा रहेको ‘लभ स्टेशन’को अर्को साताबाट डबिङ सुरु हुने पनि उनले बताए। फिल्मको दुई गीत तयार छ भने दुई गीतको छायाँकन चाँडै नै गरिनेछ।
फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। उनका अनुसार फिल्म लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो। फिल्म भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन्।
‘लभ स्टेशन’लाई ‘काफिया फिल्मस्’को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन्। यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ।
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्।