काठमाडौं | विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म गोपीको ट्रेलर सार्वजनिक भएको छ। बुधबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको ट्रेलरमा एक गाई पालकको समस्यालाई देखाइएको छ। फिल्मका मुख्य अभिनेता विपिन यस फिल्ममा गाई पालकको भूमिकामा प्रस्तुत छन्।
दिपेन्द्र लामा निर्देशित फिल्ममा विपनसँगै वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का अंकित खड्का, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ। एक शिक्षित युवाले स्वदेशमा गाई पालनलाई आफ्नो कर्म बनाएको कथा फिल्मले प्रस्तुत गर्ने यस फिल्मको कथा पनि निर्देशक लामा कै हो। फिल्ममा सामिप्यराज तिमल्सेनाको पटकथा रहेको छ।
‘आरोही इन्टरटेनमेन्ट’को ब्यानरमा बनेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् भने आरोही केसी निर्माताको रुपमा रहेकी छिन्। न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्ममा पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ। शैलेन्द्र डि कार्कीले खिचेको यस फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।
ट्रेलर :