काठमाडौं | फिल्म ‘न यता न उता’को ट्रेलर रिलिज भएको छ। बुधबार कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मका प्राय: कलाकार फिचर ट्रेलर कमेडी फ्लेवरमा तयार पारिएको छ।
उमेर ढल्किएका दुई पुरुष पात्रले बिबाह गर्नका लागि गरेको संघर्षलाई फिल्मले प्रस्तुत गर्नेछ। मिराज रोशन र विशारद बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दिक्षित र मिराज रोशनको मुख्य भूमिका रहेको छ।
फिल्ममा बुद्धी तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जिवन भट्टराई लगायतको पनि अभिनय रहेको छ।
निर्देशक मिराजकै कथा समावेश फिल्मलाई ओम गुरुङ र रिना लामाको लगानी रहेको छ। फिल्मलाई अरुण अशोककुमारले छायांकन गरेका छन्।