काठमाडौं – माघ १५ गतेबाट रिलिज हुने फिल्म ‘रणवीर’को पहिलो गीत रिलिज भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘तिरिमिरी तिरिमिरी तीन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन्। भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत सुन्न सकिन्छ। गीतको स्वरमा सिवाकोटीलाई अन्जु पन्तले साथ दिएकी छिन्।
गोविन्द सिंह भण्डारी निर्देशित यस फिल्ममा सुशील, शुभेच्छा र सुपुष्पासँगै प्रशान्त ताम्राकार, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ। दिपेन्द्र रेग्मी र गोमा विष्टको संयुक्त लगानी रहेको फिल्ममा हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत, चन्द्र पन्तको द्वन्द्व तथा महेश पौडेलको छायांकन रहने छ।
गीत :