काठमाडौं । फिल्म ’जानी नजानी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे फिल्ममा समावेश ’एउटीलाई मुटुमा घर’ बोलको गीत सार्वजनिक गरिएको हो। अम्बिका शर्माको शब्द समावेश उक्त गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। गीतमा अर्जुनसँगै दुर्गा खरेलको स्वर सुन्न सकिन्छ।
मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। भिडियोको अन्त्यमा डेब्यु गर्ल निरिशा बस्नेतलाई पनि देखाइएको छ।
चैत १ गतेबाट रिलिज हुने यस फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ।
आधुनिक प्रेम कथामा आधारित फिल्मलाई वसन्त अधिकारीले निर्देशन गरेका छन्। फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ। ‘रोशनी इन्टरटेन्मेनट’को ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ। संजय लामाले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।
गीत :