काठमाडौं । अर्पण थापाको निर्देशनमा फिल्म ‘घर’ निर्माण हुने भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। हरर जनारमा निर्माण हुने यस फिल्ममा अर्पणकै मुख्य भूमिका रहने छ। फिल्मका लागि २ नायिकाको खोजि भइरहेको निर्माण पक्षले बताएको छ।
निर्देशक दिपेन्द्र के खनाल र कलाकार सुरज पाण्डेको संयुक्त ब्यानर ‘डि एस डिजिटल’को ब्यानरमा निर्माण हुने यस फिल्ममा शर्मिला पाण्डे निर्माताको रुपमा रहेकी छिन् भने सह निर्मातामा शन्तोष अधिकारी रहेका छन्। फिल्मलाई निर्देशक थापाले नै लेखेका हुन्।
माघबाट छायांकनमा जाने यस फिल्मलाई निरज कंडेलले खिच्नेछन्। एउटा ‘घर’ भित्र हुने घटनालाई फिल्मले सस्पेन्स पारामा प्रस्तुत गर्ने निर्देशक थापाले बताए।