हेमराज विसी निर्देशित फिल्म ‘दि ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा आशिरमान देशराज जोशी र शिल्पा मास्के र रेमनदाश फिचरिङ छन्। ट्रेलरमा आशिरमान र शिल्पाको प्रेम र ब्रेकअप देखाइएको छ।
फागुण १३ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा सरोज खनाल र इच्छा कार्कीको पनि मुख्य भूमिका रहेको छ। निर्देशक विसी कै कथा तथा पटकथा रहेको फिल्ममा रूपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक विसीको लगानी रहेको छ। नरेन्द्र मैनालीले खिचेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् ट्रेलर :