विक्की कौशल अभिनित फिल्म ‘उरी – द सर्जिकल स्ट्राइक’ २०१९ को पहिलो हिट फिल्म बनेको छ। फिल्मले प्रदर्शनको दोस्रो साता प्रवेश गरेसँगै आफ्नो कमाई सय करोडको हाराहारीमा पुर्याएको छ। फिल्मले अहिलेसम्म ९१ करोड बढी कामई गरिसकेको छ। विक्कीको यो सोलो हिट फिल्म हो।
आदित्य ड्ढार निर्देशित फिल्मको ओपनिङ ब्यापार नै ८ करोड माथि थियो। फिल्ममा विक्कीसँगै यामी गौतम, निर्देशक आदित्य धरलगायतको पनि मुख्य भूमिका रहेको छ।
फिल्म सत्य घट्नामा आधारित रहेर बनेको हो। निर्माण टिमले फिल्मको माउथ पब्लिसिटी राम्रो रहेको बताए। फिल्म जनवरी ११ देखि प्रदर्शनरत छ।