ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म शुभ लभको गीत सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘शुभ लभ’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने निशान भट्टराई र मिना सिंहको स्वर सुन्न सकिन्छ।
गीतको भिडियोमा हरिहरलाई नव नायिका कृष्टिन पौडेलसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ। राजमजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोलाई पोखराको सुन्दर लोकेशनमा खिचिएको छ।
सन्तोषबाबु लोहनी निर्देशित फिल्म ‘शुभ लभ’लाई प्रदीप कुमार उदयले निर्माण गरेका हुन्। फिल्ममा धर्मराज सुवेदी निर्माताको रुपमा रहेका छन्।
चैत १५ गतेबाट रिलिज हुने ‘शुभ लभ’मा हरिहर र क्रिष्टिनसँगै राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बास्कोटा लगायतको अभिनय छ। फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन्।