निर्देशक शोभित बस्नेतको निर्देशनमा फिल्म ‘बद्री बहादुर’ निर्माण हुने भएको छ। यहि माघ ११ बाट छायांकन सुरु हुन लागेको चलचित्र ‘बद्री बहादुर’लाई संचारकर्मी रवि अधिकारीले निर्माण गर्न लागेका हुन्।
‘ए बि पिक्चर्स फार्म’ र ‘सलोन सलिना फिल्म’को ब्यानर करिब एक करोडको लगानीमा निर्माण हुन लागेको यस फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दलि हुन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन्।
फिल्ममा ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जयकिशान बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाई, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ।
राजिवजंग बस्नेत र एलिना गुरुङले डेब्यु गर्ने यस फिल्ममा नायिका पुजा शर्मा र नायक सलोन बस्नेत केमियो भूमिकामा छन्।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नूत्य निर्देशन, शंकर महर्जनको द्वन्द रहने छ। ‘बद्री बहादुर’मा विनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ। फिल्मलाई तिजको अवसरमा रिलिज गर्ने तयारीमा निर्माण युनिट रहेको छ।